हुम्लामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्णाली

    हुम्लामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइते

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७७, शनिबार

    हुम्ला : सिमकोटमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एक बालकसहित ७ जना घाइते भएका छन् ।

    जिल्लाको सिमकोट गाउँपालिका–७, ओख्रेनीमा शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

    डीएसपी सुवेदीका अनुसार मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७, का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२, का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्काकी ४५ वर्षीया डुकी तामाङ र उनका श्रीमान ४८ वर्षीय गुरु तामाङ छन् । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

    सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप सिमकोट फर्किने क्रममा गएराति करिब ११ बजे दुर्घटना भएको थियो ।