


तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका-१ स्थित सेती नदीको खोचमा शनिबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । घिरिङ गाउँपालिका-४ सिप्लुङ बस्ने ३० वर्षीय बलसिङ राना रहेको प्रहरीले जनाएको छ ।
सेती नदीको भङ्गालोमा मृत अवस्थामा फेला परेको शव दमौली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।