“सुगन्धित प्रदुषण”
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    “सुगन्धित प्रदुषण”

    प्रभात पण्डित

    २९ मंसिर २०७७, सोमबार

    मान्छे भोका छन् भोकै हुन देऊ।
    मान्छे दु:खी छन् , दु:खी हुन देऊ।।

    यदि तिमी भोकालाई भोका देख्यौ
    र दुखीलाई दु:खी देख्यौ भने,
    देखी देखी नदेखे झै गर्नेका आँखाले
    पनि तिमीलाई आँखाका कसिंगर देख्नेछन् ।
    अनि पन्छ्याउनेछन्, यसरी जसरी
    भदालाको दुधबाट तर पन्छायिन्छ।।

    मान्छे गुहार गर्दै छन् , गुहार गर्न देउ।
    मान्छे मर्दे छन्, मान्छे मर्न देऊ।।

    यदि तिमीले, गुहार माग्नेलाई मद्दत
    र मर्नेलाई नयाँ जीवन दिन खोज्यौ भने;
    अरूले गुहार माग्दा कानमा गाना
    घन्काएर, मृत्यूमा फूलमाला
    अर्पण गर्न आउने हरुले;
    तिमीलाई मृत्युको मुख पुर्याउने छन्।

    त्यसैले तिमी भोकालाई टम्म देख्नु
    दु : खी लाई सु : खी देख्नु।
    गुहार लाई गा : ना देख्नु
    मरेकोलाई जिउँदो देख्नु ।।

    अनि मात्र कु:संस्कार, कु:बुद्दी र कु:मतीले घेरिएका
    मानवीय दानवका अगाडि
    तिमी उबिन पाउनेछौ।
    अनि मात्र त प्रदुषण ले सुगन्धित समाज मा तिमीले
    जिउने अनुमति पाउनेछौ।।