शिक्षक दरबन्दी मिलान कार्य शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शिक्षक दरबन्दी मिलान कार्य शुरु

    खबरपुञ्ज संवाददाता

    २ पुष २०७७, शुक्रबार

    काठमाडौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान कार्य सुरु गरेको छ ।

    देश सङ्घीयतामा गएपछि विद्यालय शिक्षाको अधिकार पालिकाहरुको भएकाले पहिलो पटकका लागि केन्द्र सरकारले दरबन्दी मिलान गर्न लागेको हो ।

    शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि-२०७६ का आधारमा सुरु गरिएको यस कार्यमा केही पालिकामा स्वीकृत मापदण्डका आधारमा बढी हुन आउने दरबन्दी थप हुन जाने पालिकामा पठाउने गरी सम्बन्धित शिक्षा, विकास तथा समन्वय एकाइको सिफारिस समेतका आधारमा दरबन्दी पठाइएको केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

    सरकारले दुई वर्षअघि पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा दरबन्दी मिलान तथा अध्ययन कार्यदल गठन गरेको थियो । मन्त्रिपरिषद्को गएको भदौ ५ गतेको बैठकले साविकमा जिल्लागतरुपमा उपलब्ध गराइएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ ९५० बमोजिम पालिकामा तहगत रुपमा एक पटकका लागि शिक्षा, विज्ञान मन्त्रालयबाट मिलान गर्ने गरी जिम्मेवारी दिएको थियो ।

    यसरी समायोजन हुँदा अहिले शिक्षक सरुवा हुने अवस्था नरहेको केन्द्रले जनाएको छ ।