तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक वृद्धको बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी-५ का ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उहॉको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उहॉमा पुस ४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उहॉमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।
बिहीबार नै म्याग्दे-५ का ७३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो। तनहुँका २२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।