तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका-१ डुम्रीडाँडा स्थित दृष्टि युवा क्लबले गाउँमा सडक बत्ती जडान गरेको छ । जङ्गली जनावरको आक्रमण तथा आपराधिक घटनाहरु न्यूनीकरणका लागि डिहिगाउँ ,डुम्रीडाँडा र ढाप गाउँमा ३० वटा सडकबत्ती जडान गरिएको हो ।
आँबुखैरेनी गाउँपालिका र स्थानीय बासिन्दाहरुको आर्थिक सहयोग र क्लबबाट गरी रु १ लाख १७ हजारको लागतमा सडक छेउमा रहेको घरहरुबाट निःशुल्क विद्युत सहयोगमा सडकबत्ती जडान गरिएको क्लबका अध्यक्ष पवन नेपालीले जानकारी दिनुभयो । सडकबत्ती जडान पछि गाउँमा जङ्गली जनावरको आक्रमण तथा आपराधिक घटनामा कमी आउनेमा विश्वस्त रहेको उहाँको भनाई रहेको छ ।
रामबहादुर धामीको सहयोगमा