काठमाडौं : सरकारले संघीय संसदको अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार राति बसेको बैठकले राष्ट्रियसभाको बैठक बोलाउन सिफारिश गरेको हो ।
प्रतिनिधिसभा विघटन भइसकेकाले राष्ट्रियसभाको बैठक बस्न लागेको हो । संविधान अनुसार ६ महिनाको बीचमा संसदको अधिवेशन बोलाउनुपर्छ ।