पार्टी कार्यालयमै केपी ओली समूहको कार्यकर्ता भेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पार्टी कार्यालयमै केपी ओली समूहको कार्यकर्ता भेला

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०७७, बिहीबार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहले बिहीबार व्यास नगरस्तरीय कार्यकर्ता भेला आयोजना गरेको छ । प्रचण्ड-नेपाल समूहले कार्यकर्ता भेला गरेको तीन दिनपछि ओली समूहले नगरस्तरीय कार्यकर्ता भेला आयोजना गरेको हो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालयमा आयोजित भेलामा केन्द्रीय सदस्य एकबहादुर राना, श्रीप्रसाद श्रेष्ठ, सचिवालय सदस्य प्रदीपराज अधिकारी, हरिराज कंडेल लगायतले वर्तमान परिस्थितिका विषयमा सम्बोधन गर्नुभएको थियो ।

    व्यास नगर कमिटीका कार्यालय सदस्य कृष्ण न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सचिवालय सदस्य तुल्सीराम पाण्डेले स्वागत गर्नुभएको थियो ।