जनयुद्ध अध्ययन प्रतिष्ठानमा फेरी कोईराला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनयुद्ध अध्ययन प्रतिष्ठानमा फेरी कोईराला

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७७, आईतवार

    दुलेगौँडा : जनयुद्ध अध्ययन प्रतिष्ठानको अध्यक्षमा फेरी गण्डकी प्रदेशसभा सदस्य आशा कोईराला चयन हुनु भएको छ । शनिबार दमौलीमा भएको पहिलो साधारणसभा तथा अधिवेशनले कोइरालाको अध्यक्षतामा २५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । दुई बर्ष अगाडी तनहुँमा स्थापना भएको प्रतिष्ठानको संस्थापक अध्यक्ष पनि कोईराला नै हुनुहुन्छ ।


    अधिकांश पदाधिकारी अघिल्लो कार्यकालकै दोहोरिनु भएको छ । उपाध्यक्षमा दिलीप श्रेष्ठ, सचिवमा अतिन्द्रकेशरी न्यौपाने, कोषाध्यक्षमा बिरेन्द्र श्रेष्ठ र सहसचिवमा सूर्यबहादुर चयन हुनुभयो । सदस्यहरूमा बिष्णु प्रसाद खनाल(विकल), राजेन्द्र तमु(विजय), भिम बहादुर विश्वकर्मा, राजेन्द्र प्रसाद सुवेदी, अनिल श्रेष्ठ, रजनी चुमान, अस्मिता खनाल, बसन्त दरै, बालहरि अधिकारी कल्पना पौडेल लगायत रहनुभएको छ ।


    कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले नेपालको युगान्तकारी परिघटना “जनयुद्ध“लाई अध्ययनको बिषय बनाई यसका ऐतिहासिक उपलब्धिको महत्व उजागर गर्न आवश्यक रहेका बताउनुभयो ।


    नेपालको १० बर्षे जनयुद्धको ईतिहास जोगाइराख्न प्रतिष्ठान गठन गरेको अध्यक्ष कोईरालाले बताउनुभयो । परिवर्तनका खातिर योगदान गर्ने शहिद, बेपत्ता र घाइतेको उच्च सम्मानमा प्रतिष्ठान प्रतिबद्ध रहेको उहाँको भनाई छ ।