वडाको सहयोगमा बन्यो सामुदायिक भवन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    वडाको सहयोगमा बन्यो सामुदायिक भवन

    खबरपुञ्ज संवाददाता

    २३ पुष २०७७, शुक्रबार

    दुलेगाैडा : तनहुँकाे शुक्लागण्डकी नगरपालिका–६ पोखरीथोकमा सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा स्थानीयवासीको श्रमदानबाट सामुदायिक भवन निर्माण सम्पन्न भएको हो ।

    भवन निर्माणका लागि वडा कार्यालयले रु चार लाख उपलब्ध गराएको थियो भने स्थानीयवासीले रु एक लाख १६ हजार ८ सय ८० बराबरको श्रमदान गरेका थिए । उक्त भवनको शुक्रबार वडाध्यक्ष कृष्णबहादुर पौडेलले उद्घाटन गर्नुभएको छ । सो अवसरमा वडाध्यक्ष पौडेलले ग्रामीण भेगलाई प्राथमिकतामा राखेर योजना विनियोजन गर्ने नीति लिइएकाले योजना कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको चर्चा गर्नुभयो ।

    Image may contain: sky, plant, outdoor and nature

    नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जनताको चेतना स्तर बढ्नु नै विकासको पहिलो उपलब्धि रहेकाले पूर्वाधारसँगै कृषि र पशुपालनलाई व्यवसायमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । वडा सदस्य सुशीला कुमालले सामाजिक कार्यमा महिलाको उपस्थिति वृद्धि गर्न पहिला घरकै पुरुषले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा वडा सदस्य बुद्धि थापाले व्यक्तिगत रुपमा आमा समूहलाई रु पाँच हजार एक सय सहयोग गर्दै आवश्यक दिनमा पनि सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नगरपालिकाका प्राविधिक जीवन पौडेल, वडा शिक्षा समितिका सदस्य नैनदत्त अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।