‘बेसीको पानी आयो गावैमा’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘बेसीको पानी आयो गावैमा’

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७७, सोमबार

    दुलेगौडा : मिछुर्लुङ्गकी माया थापाले खानेपानी जोहोमा भोगेका सास्ती भनिसाध्य छैन् । पानीको लाईन पर्खदै कति रात कुवाँ र पधेरोमा बिताउनुपर्यो उहॉले । गाउँमा बिजुलीको लाईन थिएन । कमैको हातमा टर्च लाईट हुन्थ्यो । अध्याँरो रातमा गाग्रो माथि ग्रागो खापेर छामछुम गर्दै पानी ओसारेको उहॉले कहिल्यै बिर्सन सक्दिनन् ।

    तर, त्यो दुख २०६५ साल पछि उहॉले र उहॉका गाउँलेले व्यहोर्नुपरेन् । गोर्खा वेयलफेयर सोसाईटीको ग्रामीण खानेपानी परियोजना अन्तर्गत गाउँका सबैलाई पायक पर्ने गरी १२ वटा सार्वजनिक धारा जडान गरिदिएपछि सुखका दिन शुर भए । आलोपाालो धारामा पानी भरेर चलाए ।


    तर, २०७२ सालको भूकम्पको धक्काले खानेपानीको मुहानमा गडबडी भयो । पहिलाको तुलनामा मुहानमा कम पानी देखियो । त्यसैको प्रभाव धारामा प्रशस्त पानी आएन् । धारामा जति पानी आउँछ गाउँलेले बाँडेर उपभोग गर्न थाले । ‘चैत वैशाखमा कहिलेकाँही एक दुई ग्रागी मात्रै पाईन्थो’, थापाले सुनाउनुभयो ।


    भिमाद नगरपालिका– ५ मा पर्ने मिछुर्लुङ्गमा खानेपानीको समस्या बढ्न थालेपछि बजेट खोज्दै गाउँलेले सरोकारवाला निकायलाई गुहारे । सुनवाई भएन् । सङ्घीयता आएसँगै उनीहरुले प्रदेश सरकारलाई गुहारे । गण्डकी प्रदेश सरकारले आफ्नो ५ वर्षे कार्यकालमा हरेक बस्तीमा आधारभूत खानेपानीको व्यवस्था मिलाउदै एक घर एक खानेपानी धाराको नीति अवलम्बन गर्यो । त्यही अनुरुप मिछुर्लुङ्ग गाउँमा खानेपानीको बजेट पर्यो ।


    हाल मिछुर्लुङ्ग धरादी खानेपानी आयोजनामार्फत यहाँका हरेक घरमा खानेपानीको धारा जडान गरिएको छ । गाउँ भन्दा पाँच सय ७० मिटर तल रहेको धरादीको मूलबाट सोलारमार्फत लिफ्टिङ गरी गाउँका ७२ घरमा धारा जडान गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका प्रमुख किरण पौडेलले बताउनुभयो ।

    गण्डकी प्रदेश सरकार मातहत रहेको यही कार्यालय मातहतमा सम्पन्न आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । यो आयोजनामा ६८ लाख ४६ हजार २ सय ४३ रुपैयाँ लगानी भएको उहॉले जानकारी दिनुभयो । जसमध्येबाट गण्डकी प्रदेश सरकारको ५७ लाख ८४ हजार ९ सय ३ रुपैयाँ लगानी भयो ।


    स्थानीय उपभोक्ताले १० लाख ६१ हजार ३ सय ४० रुपैयाँ बराबरको जनश्रमदान गरेका थिए । ‘घरमै खानेपानी आउने भएपछि खुशीले नै श्रमदान गर्यौ ’, स्थानीय महिला भिमकुमारी रानाले भन्नुभयो । उहॉले पालो कुरेर पानीको जोहो गर्न नपरेपछि समयको बचतसँगै घरायसी काममा गाउँका महिलालाई सजिलो भएको बताउनुभयो । ‘जे गर्दा नि पानी चाहिने । पानी नभएपछि अफ्ठ्यारो हुन्थ्यो’, उहॉले अगाडी भन्नुभयो ‘पानी भएपछि समयको बचत हुदो रैछ । त्यसले गर्दा समयमै काम सक्छौँ ।’ घरको र आफ्नो सरसफाईमा ध्यान दिन सकेको उहॉको भनाई छ ।


    मिछुर्लुङ्ग पर्यटकीय सम्भावनाले भरिपूर्ण गाउँ हो । यहाँ २०७१ भदौबाट होमस्टे सञ्चालन गरिएको छ । घरमा पाहुना आउँदा खानेपानीको अभावले समस्या हुन्थ्यो । अब घर–घरै खानेपानीको धारा भएपछि होमस्टे सञ्चालनमा टेवा पुग्ने मिछुर्लुङ्ग सामुदायिक होमस्टे अध्यक्ष नरेन्द्र रानाको विश्वास छ ।


    २०७६ पुस १५ गते सम्पन्न गर्ने लक्ष्यका साथ २०७५ माघ २९ गते मिछुर्लुङ्ग धरादी खानेपानी आयोजना सम्झौता भएको थियो । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले आयोजनाको काममा ढिलाई भयो र हालै योजनाको उद्घाटन गरिएको छ ।

    घरघरै खानेपानीको धारा पाएपछि मिछुर्लुङ्गका गाउँलेले उद्घाटनको दिन खुशीयाली मनाए । मगर समुदायको बाहुल रहेको यहाँका युवाहरुले खैजेडी तालमा स्वर मिलाउदै कौराहा गाए । युवतीहरु त्यही ताल छमछमी नाचे ।
    ‘बजेट आयो प्रदेशबाट खानेपानी नाउैमा
    बेसीको पानी आयो गावैमा ।’