


तनहुँ : तनहुँको भानु नगरपालिका–१३ स्थित गोठमा बस्दै आएका एक दम्पत्तिलाई विद्यालय भवनमा स्थानान्तरण गरिएको छ । वीरबहादुर परियार र उहाँकी श्रीमती काली दमिनी विगत केही समयदेखि गोठमा बस्दै आएका थिए ।
काली दमिनी केही समयदेखि बिरामी परेर थला पर्नुभएको छ । उहाँलाई के भएको हो कसैलाई पनि जानकारी छैन । असहज अवस्थामा बस्दै आएका दम्पत्तिको तस्वीर सहितको जानकारी स्थानीय दुर्गा आचार्यले पोष्ट गरेपछि बुधबार उहाँहरुलाई जनप्रतिनिधि सहितको टोलीले बन्द भएको विद्यालय भवनमा स्थानान्तरण गरिदिएको छ ।
साथै केही व्यक्तिहरुबाट सङ्कलन भएको रु आठ हजार समेत उहाँहरुलाई हस्तान्तरण गरिएको सङ्गम सुमिर पियाले जानकारी दिनुभयो ।