उज्यालो रात
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    उज्यालो रात

    प्रवेश पण्डित

    १४ जेष्ठ २०७८, शनिबार

    रात एउटा यस्तो शब्द जसले अन्धकार जनाउँछ र म पनि रातलाई अन्धकारकै रुपमा लिने गर्दथेँ तर त्यो दिन भन्दा पहिले सम्म किनकि त्यस दिन पछी मलाई रात पनि उज्याला हुन सक्दा रहेछन् जस्तो लाग्न थालेको छ। अलि बुझ्नु भएन कि..? ल पर्खनुस् हस्, म शुरु बाट शुरु गर्छु।

    म लालुराम बि. क, पेसाले कर्मचारी, खाने पानीमा काम गर्दछु। वर्षाैदेखि सयौँ घरका हजारौँ मानिसका लाखौँ पटक तिर्खा मेट्नुमा केही योगदान मेरो पनि पक्कै छ। बर्षौँ बाट अरुको तिर्खा मेट्दै आएपनि आफ्नो मनको तिर्खा भने उस्ताको उस्तै। अब भन्नु होला टन्न पानि खाए भै गो। खैर कुरा अल्लि फरक छ। सानैबाट घरमा जिस्काएर आँफुभन्दा ठुलाले तँलाई छोरा मन पर्छ कि छोरी भन्दा मैले सधै छोरी भन्थेँ रे। यो भयो बाल्यकालका रमाइला कुरा तर विवाहाको पाँच वर्ष भैसक्दा मेरा दुई सन्तान पनि छन् र दुवै छोरा। मलाई छोरा मन नपर्ने होइन र म दुखी पनि होइन तर मनमा कता कता छोरी भएको भए भन्ने कुराले सधै गिज्याई रहन्थ्यो। र सायद भगवानले केही गर्नु होला भन्ने सोचेर हामीले थप प्रयास गर्ने निणय गर्यौँ।

    म एक सामान्य परिवारको केटो र मेरो गाउँ सल्लाटार,, नेपालको निकै पछाडिएको ठाउँ मध्ये एक। कर्मचारीनै भएता पनि आफू एकले गरभवती श्रिमती, बुढी आमा, दुई छोरा र एक बहिनीको जिम्मेवारी ग्रहण गर्न पर्दछ। मेरो काँधमा सबै छाडि बुवाले संसार छोडेको पनि धेरै भयो जस्का कारण हाम्रो पारिवारीक अवस्था भने अल्लि कमजोर नै छ। त्यो रात अझै पनि मलाइ बेला बखतमा डराइ रहन्छ किनकी त्यस दिन जे पनि हुन सख्थ्यो।असार महिना र औँसीको रात खाना खाएर सुत्ने समय मात्र भएको थियो। मेरी श्रीमती जो गर्भवती छिन् उनलाई असजिलाे भएको महशस गरिन्। मैलै दुईपटक पहिले यो सबै बेहोरी सकेको भएतापनि यसपटक खै किन मन छुट्टै भै रहेको थियो। गाउँघर त्यसै त दुर्गम त्यसै माथी संसारलाई नै आई परेको दुख कोरोनाले गर्दा झनै स्थीती जटिल बनाएको थियो। जो कोहीलाई गर्भवती महिला नजिक व सहयोग को लागी बोलाउदा असुरक्षित हुने सोचेर आफ्नी श्रीमतीलाई डोकोको कुर्सी जस्तो बनाएर भए पनि हेल्थ पोस्ट सम्म लाने निणय गरेँ।

    औंसीको अनकन्टार रातमा हातमा एउटा टर्च बोकेर हेल्थ पोस्ट तिरको झन्नै तिन घन्टा लामो यात्रा तय गर्दै गर्दा कमी थियो त वर्षाको। त्यसको पनि आगमन भयो र मेरी उनीको बेथा पनि बढ्दै बढ्दै गयो। हातमा बोकेको एउटा टर्चको भरमा पानी परेको चिप्लो बाटोमा आफ्नी गर्भवती श्रीमतीलाई अहिलेको एक्काइसौँ शताब्दीमा पनि डोकोमा बोकी हिन्न पर्दा नेपाली भएकोमा पनि पछुतो लाग्यो। म अवस्था जे जस्तो भएपनि छिटो छिटो गरि हिन्न खोज्दै थिए तर आफ्नी श्रीमतीले पिडाले भरिएको आवाजले अब खप्न सक्तिन रोक्नुस भनिन्। म आईहाल्यो भन्दै झुटो दिलासा दिदै अघि बढ्दै थिए तर उनले पिडाले कराएको सुन्दा मेरा पाहिला थप अगाढी बढ्न सकेनन्। त्यसैले एउटा ठूलो बरको बोट मुनी मैले डोको बिसाउनै निधो गरेँ।

    करिब रातको एघार बजेको थियो,औंसीको रात, वर्षा, गर्भवती श्रीमती र बनको बसाई। लागो मैले आफ्नो पुर्व जन्मको पापको फल भोग्दैछु र मेरा कारनले मेरी उनीले पनी भोग्नु पर्दै छ। आफुले आफैलाई मन मनै धिक्कारे पनि उनीलाई भने हौसला दि राखेको थिएँ। बुढापाकाले भनेको सुनेक थिए कोहि नहुनेको भगवान हुन्छन्, सायद भगवानले हामीले भोगी रहेको दुख देखे र सायद दुख को फल सोरुप हामीले वर्षौँ देखिको चाहना पुरा गरिदिए। मेरी उनीले सकुसल दुई छोरीलाई जन्म दिइन्। भलै समय कठिन थियो आफ्ना छोरीहरुलाई हातमा लिदा र आफ्नौ मनको इच्छा आझ साकार भएको पाउँदा मलाई अवस्था जस्तो भएपनि औंसीकै रात पनि उज्यालो लाग्यो र लाग्यो जब समय आफ्नो हुन्छ रात पनि उज्याला हुन सक्दा रहेछन्। मैलै आफुलाई परेका सबै दुख पनि केहि बेरलाई भुलेँ र मनमनै भगवान लाई धनायवाद भने। त्यस रात जसो तसो कटाएर अर्को दिन सबेरै घर फिर्ता लागियो। सायद त्यो रात हाम्रो थियो त्यसैले आमा र बच्चा दुवै सुरक्षित छन्। तर सबै हामीजस्तै भाग्यमानी पक्कै हुदैनन् र अकालमै ज्यान पनि गुमाउछन्। यसको कारण ति बाटो घाटो, स्वास्थ्य सुविधा र विकास र निकास दिन्छु भनि वाचा गर्ने र ठाउँमा पुगेपछि गाउँ बिर्सने हरुनै हुन् भन्दा खासै फरक पर्ने छैन।