भानु : मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा डुम्रे वेशीशहर सडकखण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–१ स्थित अँधेरीखोलामा आज बिहान पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको हो ।
पहिरो हटाउने प्रयास भइरहेको र केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले बताउनुभयो । “पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ, केही समय लाग्ने देखिएको छ,” उहाँले भन्नुभयो, “मुख्य बाटो अवरुद्ध भएपनि वैकल्पिक बाटो भएकाले त्यताबाट सवारीसाधन सञ्चालन गर्न लगाइएको छ ।”
फाइल फाेटाे