तनहुँ : तनहुँको विमलनगरमा बिहीबार बिहान भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार विमलनगर वर्षामापन केन्द्रमा भारी वर्षामापन गरिएको छ ।
बिहान २:४५ बजेसम्म भारी वर्षा मापन भएको र चुँदीखोला लगायत सो क्षेत्रका नदीहरुमा आकस्मिक बहाव आउन सक्ने बताइएको छ। तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।