अनुसन्धान तथा दिगो विकास केन्द्रद्वारा आँबुखैरेनीलाई स्वास्थ्य सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    अनुसन्धान तथा दिगो विकास केन्द्रद्वारा आँबुखैरेनीलाई स्वास्थ्य सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७८, बिहीबार

    आँबुखैरेनी : अनुसन्धान तथा दिगो विकास केन्द्र काठमाडौले तनहुँको आँबुखैरेनी गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ को महामारीसँग जुध्न केन्द्रले गाउँपालिकालाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    केन्द्रले गाउँपालिकालाई सात थान अक्सिजन सिलिन्डर, चार बक्स पञ्जा, ९ बक्स सर्जिकल मास्क, तीन थान अक्सिमिटर, आठ थान पिपिई साधारण, ४८ थान पिपिई सेतो र आठ थान खाद्यान्न सेट सहयोग गरेको छ । केन्द्रका तर्फबाट आँबुखैरेनीका लक्ष्मीप्रसाद कोइरालाले बिहीबार गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको छ ।

    गाउँपालिकाका अध्यक्ष थापाले कोभिड महामारी न्यूनीकरणका लागि सहयोग गरेकामा अनुसन्धान तथा दिगो विकास केन्द्रप्रति आभार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल लगायतको सहभागिता थियो ।

    No description available.

    केन्द्रको तर्फबाट उपलब्ध गराइएको खाद्यान्न सेट गाउँपालिका अन्तर्गत सरसफाई कर्मचारीलाई वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । तेल, सोयाविन, बिस्कुट, चना, दाल, आटा, चामल लगायतका खाद्यान्न सेट सरसफाईकर्मीलाई वितरण गरिएको छ ।

    No description available.