दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित खेतमा एक पुरुषको शव फेला परेको छ । सोही ठाउँका ५८ वर्षीय भोजबहादुर विकको शव बिहीबार खेतमा डुबेको अवस्थामा भेटिएको हो ।
खेतमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले लडेर खेतमा डुबेपछि मृत्यु भएको हुन सक्ने बताउनुभयो । घटनासम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।