कुम्लेखोलामा सडक भासियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    कुम्लेखोलामा सडक भासियो

    खबरपुञ्ज संवाददाता

    १६ असार २०७८, बिहीबार

    दुलेगाैडा : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक सडक भासिएको छ । निरन्तरको वर्षाका कारण कुम्लेखोला नजिक आज राजमार्गको आधा भाग भासिएको हो ।

    सडक भासिएपनि सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । खैरेनीटारतर्फबाट नालामा बगेको पानी पनि सडकबाटै बगिरहेको छ ।

    वर्षाका कारण व्यास नगरपालिका–१२ छिर्कनेमा पनि सडक भासिएको छ ।