आँबुखैरेनीमा वडा–वडामा दर्ता शिविर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा वडा–वडामा दर्ता शिविर

    खबरपुञ्ज संवाददाता

    १९ असार २०७८, शनिबार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रत्येक वडामा दर्ता शिविर सञ्चालन गर्ने भएको छ । स्थायी बसोबास गर्ने नागरिकको व्यक्तिगत घटना दर्ताका लागि गाउँपालिकाले ६ वटै वडाका विभिन्न टोलमा शिविर आयोजना गर्न लागेको हो । असार २० गते आइतबारदेखि शुरु हुने शिविर २५ गतेसम्म सञ्चालन हुनेछ ।

    दर्ता शिविरमा सहभागी भई विवरण बुझाई घरदैलो सेवाको लाभ लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले आग्रह गर्नुभएको छ । शिविरका क्रममा पायक पर्ने स्थानमा गई व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइसराई) को विवरण लिने तथा सामाजिक सुरक्षा भत्ता लिन योग्य भई छुटेका लाभग्राहीको विवरण सङ्कलन गरिन्छ ।

    व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता बनाउन, नाबालक राष्ट्रिय परिचयपत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साथै राज्यबाट पाउने सेवा, सुविधा र हक स्थापना गर्न आवश्यक पर्छ ।

    No photo description available.

    आँबुखैरेनी–१ को समस्तीपुर, याञ्चोक, भुजेलगाउँ, वडा नं २ को सहकारी टोल, तिलबारी, एक्लेफाँट, वडा नं ३ को ज्यामस्वारा, पानीघट्टा, रामशाह टोल, वडा नं ४ को बेनीटार, भाँगे, पाँचकिलो, वडा नं ५ को लाब्दी, सानोभञ्ज्याङ, भालुढुङ्गा र वडा नं ६ को हिलेखर्क, प्युघरफाँट र पुर्लुङमा शिविर सञ्चालन हुनेछ ।