पहिरोले सात घर जोखिममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    पहिरोले सात घर जोखिममा

    खबरपुञ्ज संवाददाता

    १८ असार २०७८, शनिबार

    दुलेगाैडा : केही दिनदेखि परेको वर्षासँगै आएको पहिरोले शुक्लागण्डकी नगरपालिका–८ मिलीजुली टोलमा सात घर जोखिममा परेको छ । पहिरोले उक्त टोलका चित्रमाया बानियाँको घर पहिरोले पुरिएर पूर्ण क्षति भएको छ भने अन्य सात घर जोखिममा परेको हो ।

    वडाध्यक्ष कृष्णप्रसाद रेगमीका अनुसार चित्रमाया बानियाँको परिवारलाई आफन्तको घरमा स्थानान्तरण गरिएको छ । सोही ठाउँका इमबहादुर बानियाँ, टुकबहादुर श्रेष्ठ, शिवकुमारी श्रेष्ठ, शान्ति थापा, दिलबहादुर खत्री र कविता भट्टराईको घर जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

    पहिरोले उक्त वडाका डहरे, मालेबगर, चनौटे, लालिम लगायतका अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाढीपहिरोले १२ वटा बाँध र कुलो पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने खानेपानीका पाइप पूर्ण रुपमा क्षतिग्रस्त भएको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

    “बाढीपहिरोले क्षति पु¥याएका स्थानको आजबाट स्थलगत अनुगमन शुरु गरेका छौ,” उहाँले भन्नुभयो, ”मापदण्ड बनाएर पीडितलाई राहत प्याकेज वितरण गर्छौ ।”