वर्षाले सम्पत्ति क्षति भएका आँबुखैरेनीका ५७ परिवारलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    वर्षाले सम्पत्ति क्षति भएका आँबुखैरेनीका ५७ परिवारलाई राहत

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बुधबार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले वर्षाका कारण सम्पत्ति क्षति भएका ५७ परिवारलाई राहत वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका–२ र ३ का ५७ परिवारलाई गाउँपालिकाले बुधबार राहत वितरण गरेको हो ।

    आँबुखैरेनी–२ का ४४ र आँबुखैरेनी–३ का १३ घरधुरीलाई जनही रु पाँच हजारका दरले राहत रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । पीडितलाई गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, वडा नं २ का अध्यक्ष कटकबहादुर थापा र वडा नं ३ का अध्यक्ष पूर्णबहादुर आलेले उक्त रकम हस्तान्तरण गर्नुभयो ।

    गत वर्षको वर्षाका कारण क्षति भएका पीडित परिवार पहिचान गरी राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।