म्याग्देमा गुडिया बनाउने तालिम, सीपलाई प्रयोग गर्न अध्यक्ष रानाको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा गुडिया बनाउने तालिम, सीपलाई प्रयोग गर्न अध्यक्ष रानाको आग्रह

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७८, मंगलवार

    म्याग्दे : गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तगत म्याग्दे गाउँपालिकाको आयोजनामा मंगलबारदेखि गुडिया तथा सजावटका सामान बनाउने तालिम सुरु भएको छ।

    म्याग्दे-१ गुणादीमा सञ्चालन भएको तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । लघु,घरेलु तथा साना उद्योग सञ्चालन गर्दा आयआर्जन गर्न सजिलो हुने उनले बताइन् ।

    म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उद्यमी व्यवसायीलाई उद्योग व्यवसायको आधारमा सहयोग गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले उद्यमीलाई उधाेग व्यवसाय सञ्चालनकाे आधारमा सहयाेग गर्ने बताए ।

    गापा प्रवक्ता एव वडा न१का अध्यक्ष शिवशरण वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा अधिकृत नवराज पोखरेल, अधिकृत प्रदिप न्यौपाने, उद्यमी थममाया विक लगायतले गाउँपालिकाले सञ्चालन गरेका तालिमहरू लक्षित समुदायका लागि प्रभावकारी भएको बताए।

    दश दिनसम्म सञ्चालन हुने तालिममा १८ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

    यसैबीच कृषि तथा पशुपालन सम्बन्धी तालिम मंगलबार नै समापन भएको छ। उक्त तालिम लिएका १५ जनालाई गापा अध्यक्ष मायादेवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, वडाध्यक्ष शिवशरण वाग्लेले प्रमाणपत्र वितरण गरेका थिए ।