


ऑबुखैरेनी । तनहुँको आँबुखैरेनी बजारमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
शेयर पुँजी ४ करोड ३९ लाख ५६ हजार ७ सय रुपैंया रहेको सहकारी संस्थाले आर्थिक वर्ष ०७७÷०७८ सम्ममा १ करोड ५८ लाख ८३ हजार १६ रुपैंया ८ पैंसा मुनाफा गर्न सफल भएको छ । प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष भगवानदास मल्लले सहकारीको कुल निक्षेप (बचत) ४१ करोड ९७ लाख ५० हजार ३ सय ३ रुपैंया ७५ पैंसा रहेको र कर्जा लगानी तर्फ ३५ करोड १४ लाख ५० हजार ६ सय रुपैंया रहेको जानकारी दिए ।
साधारण सभामा सहकारीले एक दर्जन उत्कृष्ट कारोबारकर्तालाई पुरस्कार सहित सम्मान गरेको छ । यस्तै, सहकारीले स्थापना कालदेखि नै एसइइ तथा एसएलसीमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका सेयर सदस्यका छोराछोरी दिईने सहकारी छात्रवृत्ति पुरस्कार अन्तर्गत राम शाहका १ र मस्र्याङ्गदी बालज्योति बोर्डिङ्ग स्कूलका १ जना विद्यार्थीलाई पुरस्कार सहित सम्मान–पत्र प्रदान गरेको छ ।
गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालय अन्तर्गत रामशाह माविका अशक्त र जेहेन्दार २ जना विद्यार्थी, मित्रता मावि सत्रसयका २ जना विद्यार्थी, छिम्केश्वरी मावि आँबु–४, भाँगेका २ जना विद्याथीलाई पुरस्कार सहित सम्मान–पत्र प्रदान गरेको छ । त्यस्तैगरी, सहकारीको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अन्तर्गत मित्रता मावि सत्रसयलाई पुरस्कार सहित सम्मान–पत्र प्रदान गरिएको सहकारीका संस्थापक अध्यक्ष बिपिन मल्लले जानकारी दिए ।