दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारका गौतम लामाले विभिन्न माग राखेर दमौलीमा अनसन सुरु गरेका छन् । ४५ बुँदे माग राखेर लामाले शनिबारदेखि अनसन सुरु गरेका हुन् ।
गाउँपालिकालाई सुख्खा क्षेत्र घोषित गरी त्रिशुली र कालीगण्डकी नदीबाट सोलार सिंचाई व्यवस्थापन गर्नुपर्ने, देवघाटका वडाहरुलाई आदिवासी वडा घोषणा गर्नुपर्ने, सरकारले लागु गरेका पाठ्यपुस्तक मातृ भाषामा पनि पढाउनुपर्ने, निजामति कार्यालयमा कर्मचारी समावेशी हुनुपर्ने लगायतका माग राखी अनसन थालेको उनले बताए ।
घिनाटारको लिफ्ट सिंचाइ समूहको श्रमदान र सङ्घसंस्थाको अनुदानमा दोस्रो ट्याङ्की निर्माण भएपनि ट्याङ्कीबाट पानी वितरण नभएको उनले बताए । “कृषि गर्नलाई सिंचाइको व्यवस्था छैन, यसबारेमा गाउँपालिकामा पनि ध्यानाकर्षण गराएँ, तर सुनुवाई भएन,” उनले भने, “सदरमुकाममै आएर अनसन बसेपछि सम्बन्धित निकायको ध्यान पुग्ला की त ।”