दमाैली । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका छन् । श्रेष्ठले जन्मदिनको अवसरमा शुक्रबार व्यास नगरपालिका–५ पाटनस्थित ज्येष्ठ नागरिक आश्रमलाई नगद र खाद्यान्न सहयोग गरेका हुन् ।
गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, विभिन्न वडाका अध्यक्ष सहितको टोलीले उक्त सामग्री आश्रमलाई हस्तान्तरण गरेको छ ।