तत्कालिन ओली सरकारले प्रतिनिधीसभा विघटन गरेर चुनावमा जाने घोषणालाई प्रतिगमनको नारा दिएर सडक तताउने अन्य राजनैतिक दलहरु परामादेशवाट गठवन्धनको सरकार वनाएर सत्तासिन छन् । नेकपा रहँदाको प्रचण्डका ओज र माओवादी केन्द्रमात्र रहँदा आफनो ओज नजिकवाट महशुस गरेका प्रचण्ड गठवन्धनको वैशाखीमा केही समयसम्म सत्ताको चास्नीमा डुव्न चाहन्छन् । गठवन्धनको मुख्य घटक नेपाली काग्रेस भने आफनै पार्टीभित्र गठवन्धन पासो वनेको छ । सवैभन्दा पुरानो लोकतान्त्रिक दल विभिन्न दिशामा फर्किएको स्वार्थकेन्द्रित दललाई लिएर सरकार संचालन गर्न सजिलो छैन । गठवन्धनको सरकार वनाएर नेपाली काग्रेस आफै विटुलो वनेको यथार्थ महशुश गर्नेहरु पनि कमि छैन । यहि किचलोमा फसेको गठवन्धन चौतर्फी दवावपछि स्थानिय तहको निर्वाचनमा जान तैयार भएका छन् । यहि वाध्यात्मक अवस्थामा रहेको राजनैतिक दलहरुलाई अव हुने स्थानिय तह, प्रदेश र संघिय चुनावको अवधिसम्म निकै पेचिलो वन्ने देखिन्छ ।
हिजो भएको स्थानिय तहको निर्वाचनमा पहिलो शक्ति र नेकपा वनिसकेपछि प्रदेश तथा संघिय निर्वाचनमा देशमा नै पहिलो शक्तिको रुपमा रहेको एमाले नेकपा विभाजन पछि पनि पहिलो शक्तिको रुपमा दर्जित छ । नेकपा विभाजित भएपछि माओवादी केन्द्र आफैमा अलग दल भएपछि एमालेवाट चोईटिएर गएको माधव नेपालको नेकपा एसको वास्तविक शक्ति कति भन्ने कुरा निर्वाचनवाट पुष्टि हुनेछ । तत्कालिन एमालेको केही संघिय, प्रदेश र स्थानिय निकायमा निर्वाचित जनप्रतिनिधी लिएर गएको नेकपा एसले नेकपा एमाले सँग अलग हुनुपर्नेको कारण वुझिनेगरि देखाउने वेला पनि निर्वाचन हो । विषयमा अन्तरविरोधलाई चिर्नका लागी नेकपा एसको तत्कालिन एमालेसँग फरक मत के हो भन्ने वुझाउनका लागी अव हुने चुनाव माध्यम वन्दछ । तत्कालिन नेकपा एमालेसँग फगत सत्ता र स्वार्थका लागी खातिर थियो कि राष्ट्रिय विषयमा नै फरकपन भन्ने कुरामा अव नेकपा एसले जनतामा आफनो एजेष्डा सिद्ध गर्नुपर्दछ । जुन चुनाव भरपर्दो विकल्प हो ।
जनयुद्धको धङधङीवाट उदाएको माओवादी केन्द्र २०७४ सालको संविधानसभाको निर्वाचनवाट पहिलो शक्तिमा उदाएपछिको सत्ता संचालन र दोश्रो संविधानसभावाट आएको जनमतवाटवाट तेश्रो राजनैतिक शक्तिमा खुम्चिएको थियो । वुलेट र व्यालेट फरक रहेछ भन्ने वुझेका प्रचण्ड आफनो अस्तित्व रक्षाका लागी संसदमा आईसकेपछि कहिले कुनै मुद्धा लिएर नेपाली काग्रेस सँग त कहिले एमालेसँग सत्ता साझेदारी गरिरहयो । अनुकुलताका विचार र एजेष्डालाई लत्याएका प्रचण्डका त्यसपछिका भुमिका कहिल्यै प्रष्ट भएन भने विचारधारा छाँयामा परयो । समावेशीता, समानुपातिका र जातिय नारा लामो समय नटिके पछि अगामी विचारधारा के हुने भन्ने प्रष्टता नहुनु र माओवादी सँग आम जनताको आर्कषण घटेको वुझेका प्रचण्ड अव नेपालको मुख्य राजनैतिक शक्ति होईन, वैशाखी वन्न पुगे । परिवर्तन र समृद्धीका नारा केही सिमित नेताका लागी रहेछ भन्ने वुझेका आम जनता माओवादी केन्द्रको अवको कुनै पनि एजेण्डामा सहमत हुने अवस्था छैन । यति छोटो समयमा नै आकाशवाट धर्तिमा पुगिन्छ भन्ने नसोचेको प्रचण्ड अन्तत्वगोत्व नेकपा एमालेसँग नेकपा गठन गरि आफनो राजनैतिक शक्तिलाई उचो वनाउने प्रयत्न गरेकै हुन् । जुन लामो समय सम्म टिक्न सकेन । एमालेसँग एकीकरण गरेर नेकपा वनाएका प्रचण्ड नेपालका सवैभन्दा ठुलो राजनैतिक शक्तिका अध्यक्ष वनेता पनि प्रचण्डको अस्थिर स्वभावले अन्तत नेकपा कव्जा गरि एकल अध्यक्ष वनेर विश्व राजनितीमा छाउने प्रयत्न भने एमालेको कार्यकर्ता र ओलीको अडानका कारण तुषारापात वनिदियो । जुन नेपालको राजनैतिक कडि वनिदियो । सत्ता र शक्तिमा रहेर देश र जनता भन्दा पारिवारिक र स्वार्थमा केन्द्रित प्रचण्ड अहिलेको नेपालको राजनैतिक शक्तिमा तेश्रो राजनैतिक दलको रुपमा नै दर्जित छन् ।
नेपाली काग्रेसको वर्तमान जे जस्तो भएता पनि विगत भने लोकतन्त्र र परिवर्तनको मुख्य शक्ति हो । गणेशमान, विपीले गरेको कामको जसमा यहाँसम्म आईपुगेको नेपाली काग्रेस देउवाको नेतृत्वका आईपुग्दा सम्म जनतामाझ तिरस्कृत भईसकेका छन् । पटक पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री वनेका देउवाको कार्यकाल भनेको परिवर्तनको अवधि वन्न सकेन । जनताले आशा र भरोसा गुमाएका देउवा सामु नेपाली काँग्रेसलाई पुन क्रान्तिकारी र परिवर्तनका पार्टी वनाउने अभिभारा आईपरेता पनि त्यो देउवा वाट कदापी सम्भव देखिदैन । किनकी देउवा सरकार सत्तामा रहदाँ र पार्टीमा रहँदा राम्रो भुमिका खेल्न नसकेका नेताका रुपमा दर्जित छन् । पटक पटक असक्षम सावित भएका देउवा हालै भएको महाधिवेशनवाट पुन सभापति निर्वाचित भएर देशका प्रधानमन्त्री छन् । कर्ममा भन्दा भाग्यमा विश्वास गर्ने देउवावा आम जनताले आशा गरेका छैनन । यो सवै वुझेका देउवा देशको तीनै तहको निर्वाचन गरेर देशलाई निकास दिने पदमा छन् । २०५४ सालमा निर्वाचन गर्न असक्षम भएर गलहत्याईका देउवा अहिले पनि त्यही त हुने होईनन भन्नेमा शंका उत्पन्न भएका छन् । यो सवै भ्रम चिर्न पनि देउवा जसरी पनि समयमै चुनाव गर्नुपर्ने वाध्यतामा छन् । देउवा यो भ्रमवाट आम जनतालाई मुक्त गराउन चाहन्छन् । तर गठवन्धनको जंजालमा फसेका देउवा अन्तत्वगत्व त्यही अलमलिएर तिरस्कृत वन्छन् कि निकास दिन्छन्, व्यग्रतापुर्वक प्रतिक्षामा आम जनता रहेका छन् ।
नेकपा एमाले आफै पनि पटक पटक संसद विघटन गरेर चुनावमा होमिएको पार्टी हो । संसदलाई वन्धक राख्नुभन्दा देशलाई चुनावमार्फत नयाँ जनादेश दिनुपर्ने पक्षमा उभिएको छ । यहि पेरिफेरीमा हुन लागेको चुनावमा आम जनताले स्वच्छतापुर्वक मतदान गर्ने र आफनो मन परेको पार्टी र नेतालाई छान्ने अवसर प्राप्त हुन्छ कि हुदैन भन्नेमा गठवन्धन वाधक वनेको छ । गठवन्धनको नाममा आफनो अस्तित्व रक्षा गर्न कस्सिएका प्रचण्ड र माधव नेपालको चंगुलमा नेपाली काग्रेस फस्छ कि फस्दैन, त्यो हेर्न अव त्यति टाढा जानु पर्देन । गठवन्धन, गठवन्धन, गठवन्धन ! शक्ति र सत्ताका लागी कि परिवर्तनका लागी ? विगतलाई हेर्दा परिवर्तनको लागी होईन, फगत सत्ता र शक्तिका लागी मात्र हो भन्ने पुष्टि गरेका छन् । गठवन्धनका दलहरु । यो जनताको भ्रमवाट मुक्त गर्न त्यति सहज छैन । अवको प्रविधी र परिवर्तनको युगमा अव गठवन्धनका नाममा सति जानेहरु हुन्छन् भन्ने विश्वास कदापी गर्न सकिदैन । यसैले पनि अवको निर्वाचन भनेको विचार, एजेण्डा र व्यवहारिक परिवर्तनका लागी हुनेछन् ।