


पोखरा। साइकल सिटी पाेखराकाे दशाै साधारणसभा तथा पाँचौ अधिबेशनले अभिषेक काेइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्ष राजन गाेङ्गजु, सचिव जय गुरूङ्ग, सह सचिव धरम बहादुर लामिछाने ,काेषाध्यक्ष दिपक कार्की रहेका छन् । त्यस्तै सदस्यहरूमा माेहन सिँह लालचन, दुर्गा प्रसाद अधिकारी, राजीब मुल्मी, नवराज थापा, दिपेन्द्र मर्सानी तथा रक्से लामा निर्बिराेध निर्वाचित भएको साइकल सिटी पाेखराका निवर्तमान अध्यक्ष महेन्द्र राज कोइरालाले जानकारी दिए ।