युवा विकास तथा प्रबद्र्धन केन्द्र स्थापना गर्न मुख्यमन्त्रीसमक्ष माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवा विकास तथा प्रबद्र्धन केन्द्र स्थापना गर्न मुख्यमन्त्रीसमक्ष माग

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०७८, शुक्रबार

    दमाैली । व्यास नगर युवा परिषद्ले युवा विकास तथा प्रबद्र्धन केन्द्र स्थापना र सञ्चालनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग माग गरेको छ । मुख्यमन्त्रीको कार्यालयमा शुक्रबार पोख्रेललाई भेट गरी युवा परिषद्ले उक्त माग गरेको हो ।

    व्यासका युवालाई स्वरोजगार बनाएर आर्थिक तथा सामाजिक रुपमा मजबुद बनाउँदै समाजमा स्थापित गर्नका लागि युवा विकास तथा प्रबद्र्धन केन्द्रको आवश्यकता सहित ज्ञापनपत्र बुझाइएको परिषद्का कार्यकारी उपाध्यक्ष गौरवराज पन्थले जानकारी दिए ।

    युवाहरुको आयआर्जनका लागि आवश्यक सीप विकास, उत्पादनमुखी तालिम, नयाँ उपकरण आविष्कार, विदेशबाट फर्किएका वा सीप भएका युवाहरुलाई स्थानीय स्तरमा स्थापित गराउन प्रेरित र सहयोग पु¥याउन उक्त केन्द्रको आवश्यकता देखिएको मुख्यमन्त्री पोख्रेल समक्ष पन्थले बताए ।

    युवा परिषद् गण्डकी प्रदेशमा नै पहिलो र एकमात्र युवाहरुको संस्था हो । व्यास नगरपालिकाभित्रका युवाहरुलाई समेटेर नगरपालिकाले युवा परिषद्को गठन गरेको थियो ।

    युवा परिषद्को ३५ सदस्यीय टोली विभिन्न जिल्लाको अध्ययन अवलोकनका लागि शक्रबार दमौलीबाट प्रस्थान गरेको छ । टोलीलाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विदाई गरेका थिए ।

    युवा परिषद्को टोलीले गण्डकी प्रदेशसभाको पनि आजै अवलोकन गरेको छ । जनताले चुनेर पठाएका जनप्रतिनिधिले नीति निर्माणमा छलफल गरी सभामा आफ्नो भनाई कसरी प्रस्तुत गर्छन् भन्ने जान्नका लागि प्रदेशसभाको अवलोकन गरिएको पन्थले जानकारी दिए । युवा परिषद्को टोलीले क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा पनि अध्ययन अवलोकन गर्नेछ ।