नेपाली समाज के चाहन्छ ? समाज चाहन्छ कि जनता अथवा समाजका निश्चित व्यक्ति ? समाजको आर्थिक, समाजिक तथा भौतिक विकासको लागी यो विषयमा घोत्लिन नितान्त आवश्यक छ । देशमा व्यवस्था परिवर्तनले मात्र मुलुक समृद्ध वन्न सक्दैन भन्ने कुरा प्रमाणित भईसकेको सन्र्दभमा अवको वहस भनेको यसको अन्र्तवस्तु नै हुनुपर्दछ । जवसम्म समाजको चरित्र र यसको अन्र्तवस्तुको वारेमा विचार, विमर्श र विश्लेषण हुन सक्दैन, तव देश विकास र समृद्ध वन्न सक्दैन । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने पुजीँवादी विकासकोअ अवधारणामा तिव्र रुपमा अगाडी वढेको देखिन्छ । विश्व पनि समग्रतामा यहि पेरिफेरीमा अगाडी वढेको छ । तर विश्व नै पुजीँवाद उन्मुख भएता पनि यसको विगत के थियो भन्नेमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी भईसक्यो ।
समाज अव कहाँ केन्द्रित हुने भन्ने विषयमा विभिन्न राजनैतिक दलहरुले विभिन्न अवधारणा वनाएता पनि सारमा सवैको उद्येश्य भने समान पाईन्छ । नेपालको सन्र्दभमा पुजीँवादी अर्थव्यवस्था हुदै समाजवादमा पुग्ने दृष्टिकोण भएको नेपाली काग्रेस पनि यसको अवधारणामा भने प्रष्ट छैन । समाजवादको मुख्य आधार के हो भन्ने स्पष्टता नहुदाँ नेपाली काग्रेस पुजीँवादी अर्थ व्यवस्थावाट नै समाजवाद सम्म पुग्ने सकिने तर्क गर्दछ । के त्यो सम्भव छ त ? त्यसमा नेपाली काग्रेसको प्रष्ट धारणा छैन । सारमा अनुकुलताको व्याख्यतामा नै नेपाली काग्रेसले परिभाषा गर्दे आईरहेको छ ।
वर्गिय विभेद, वर्गिय मुक्तिको आन्दोलनले नै नेपाललाई साम्यवादमा पुरयाउन सकिनेमा कम्युनिष्ट पार्टीहरु रहेको पाईन्छ । जव सम्म वर्गिय विभेद रहन्छ तवसम्म साम्यवादको कल्पना पनि गर्न सकिदैन भन्ने कम्युनिष्ट हरु भने वर्गिय नारावाट च्युत हुदै गईरहेको पाईन्छ । विकास निर्माणको चरणको मुख्य वाधक देख्ने कम्युनिष्टहरु वर्गिय दृष्टिकोणवाट स्वखिलत हुदै गईरहेको पाईन्छ । समाजमा दुई वर्ग रहेको हुन्छ, त्यो हो हुदाँ खाने वर्ग र हुने खाने वर्ग । हुने खाने वर्गले जवसम्म हुदाँ खाने वर्गलाई थिचोमिचो गर्दछ, तवसम्म समाज समृद्ध हुन सक्दैन, देश साम्यवादमा पुग्न सक्दैन । यसका लागी वर्गिय समानता पहिलो खुड्किलो हो भन्छ, तर यो सवै नेपालको कम्युनिष्टहरुले वर्तमान सन्र्दभमा कति पालना गरेका छन् भन्ने कुराको प्रश्न अहंम वनेर आएको छ । अवको नेपालको राजनिती यहि विषयमा केन्द्रित हुनुपर्ने देखिन्छ ।
वर्गिय विभेदको मुख्य नारा लिएर नेपालको राजनितीमा प्रवेश गरेको माओवादी अहिले नेपालको राजनैतिक शक्तिको वर्गिकरणमा तेश्रो स्थानमा रहेको छ । हिजो जनयुद्ध हुदै पहिलो संविधानसभामा पहिलो वनेको तत्कालिन माओवादी आजको समयमा आईपुग्दा तेश्रो शक्तिमा आईपुग्दा यसको जरो केलाउने दुस्साहस गर्यो कि गरेन होला ? या त माओवादीले भन्दै आएको वर्गिय विभेदको आन्दोलनले सार्थकता पाईसकेको हो ? त्यसो भए अव के नेपालमा वर्गिय मुक्तिको आन्दोलन अवको दिनमा आवश्यक छैन ? आजको समयमा आईपुग्दा सम्म हुने खाने वर्गले हुँदा खाने वर्गलाई हेर्ने दृष्टिकोणमा समानता आएको हो त ? यो कदापी होईन । समाज परिवर्तन आफैमा निरन्तर भएता पनि विकास श्रृखला, जनताको आवश्यकता, चाहना र वर्गिय विभेद भने जहाँको तही नै छ । देश नै पुँजीवादी अर्थ व्यवस्थामा जकडिएको सन्र्दभमा अव यसवाट वाहिर निस्केर जनवादी अर्थव्यवस्था र साम्यवादको आधारशिला खडा गर्नु त्यति सम्भव छैन, जुन नेपालका नेताहरुले पटक पटक भन्दै आएका छन् । हिजोका सन्र्दभमा गरिने व्याख्यता र आजको नेताहरुको जीवनशैलीले देशमा साम्यवादको रोडम्याप हैन, चरम पुजीवाद तर्फ समाज र देश धकेलिएको पाईन्छ । जुन जनताको चाहना होईन ।
हिजो सुकिला, मुकिला देशका वाधक हुन भन्ने तत्कालिन माओवादीको अध्यक्ष प्रचण्ड, आज उहि सुकिला, मुकिला सँग कम्मर मकाईरहेका छन् । यसले पनि पुष्टि गर्दछ, देश साम्यवादमा होईन, पुँजीवादमा उन्मुख हुदैछ । हिजो चर्को वर्गिय विभेदको नारा ओकल्नेहरु आज नव सामन्तीको रुपमा उदयीमान भएका छन् । नेपालको सन्र्दभमा नेपालका कम्युनिष्ट पार्टीहरु मध्ये तत्कालिन माओवादी पनि यति धेरै विचारमा पतोन्मुख भईसकेको छ, कि अव उनिहरुले भन्ने वर्गिय मुिक्तको नाराले उनिहरु स्वयंमलाई नै गिज्जाउने छ । अन्य कम्युनिष्ट पार्टीहरु मध्ये एमाले भने शान्तिपुर्ण संघर्षवाट नै साम्यवादमा पुग्ने सकिने लक्ष्य राखेको छ । यसमा सारमा भन्नुपर्दा नेपाली काग्रेसको समाजवाद र साम्यवादमा तात्विक भिन्नता पाउन सकिदैन । दुवै राजनैतिक दलले पुँजीवादी अर्थ व्यवस्थालाई वढवा दिएको छ । जवसम्म दलाल पुँजीवादीलाई रोक्न सकिदैन, देशमा समाजवाद र साम्यवादको सपना देखाउनु भनेको जनतालाई मुर्ख वनाउनु शिवाय अन्य केही होईन । विभिन्न वादमा विभक्त नेपालको राजनिती भनेको जनमुखी होईन, नव उदारवाद पुँजीवादी व्यवस्था नै हो । जसले सर्वहारावर्गको होईन, नव उदार अर्थतन्त्रको वहालत गर्दछ । अतः नेपालको राजनितीको मुल भनेको कम्युनिष्ट वा प्रजातन्त्र जे भनेता पनि एउटै हो, अर्थात नव उदारवाद अर्थ व्यवस्था जसले पुँजीपति वर्गको मात्र उत्थान गर्दछ । नकि वर्गिय मुक्तिको ।
हिजो जसले क्रान्ति, वर्गिय विभेद, वर्गसंघर्ष, समानता र समावेशीको कुरा गर्दथे उनिहरु नै अहिले सभ्रान्त वर्गमा चित्रित छन् । अनुकुलताका लागी जता पनि वोल्न सक्ने नवशासकवर्गहरु जनतामा शाशित वन्न भरमग्दुर अभिनयरत छन् । हिजो जुन नाराले आफुलाई जनतामा स्थापित वनायो । त्यहि जनतामा शाशित गर्न विभिन्न तत्वमार्फत सक्रिय वनेका छन् । विचार, दुष्टिकोण र परिवर्तन त नेताहरुको देखाउने दाँत वनेको छ । जुन आफुलाई प्रतिकुलताका लागी मात्र प्रयोग गर्दछन् । अनुकुलताका लागी त्यहि साधन वनिदिन्छ ।
वर्गिय आन्दोलनको स्वरुप पनि परिवर्तन भएको छ । अनुकुलतामा व्याख्यात्मक टिप्पणी जस्तै । जुन नेताहरुका लागी अचुक अस्त्र वनेको छ । पार्टीमा नै हराउदै गएको वर्गिय संघर्ष आर्थिक विकास सँग जोडिन पुगेको छ । व्यक्तिको राजनैतिक, त्याग, तपश्या, वलिदान र ईमान्दारिता हाईन, आर्थिक पक्षमा गएर विलिन भएको छ । वर्ग विभेद छाँयामा परेको छ । नव उदारवादले प्रशय पाएको छ । समाजमा मात्र होईन, पार्टी, निर्वाचनमा नै अर्थले प्रशय पाएको छ । जुन नेपालको राजनितीमा तरल अवस्था हो । व्यक्तिको चरित्र, योग्यता, क्षमता पनि पुँजीमा गएर जोडिएको छ । व्यक्तिको महत्वकांक्षा जसले गर्दा सभ्रान्त वर्गको उचो भएको छ भने निर्धनका लागी गलपासो वनेको छ । नेपालको राजनिती यहि विचको पेरिफेरिमा गुज्रिएको छ ।