खरको छानो विस्थापित गरी सुरक्षित आवासको प्रवन्ध मिलाउँछु : मेयर उम्मेदवार श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    खरको छानो विस्थापित गरी सुरक्षित आवासको प्रवन्ध मिलाउँछु : मेयर उम्मेदवार श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार

    भिमाद । तनहुँको भिमाद नगरपालिकाका मेयर उम्मेदवार काजीमान श्रेष्ठले खरको छानो विस्थापित गरी सुरक्षित आवासको प्रवन्ध मिलाउने प्रतिबद्धता जनाएका छन् । चुनावी अभियानमा रहेका श्रेष्ठले अझै पनि नगरका विभिन्न ठाउँमा खरको छानो विस्थापित हुन नसकेकाले यो कार्यलाई प्राथमिकतामा राखिएको बताए ।

    भिमाद-१ किहुँमा खरको छानो विस्थापित गरी सुरक्षित बसोबासको व्यवस्था मिलाउने उनले बताए । ‘दुई पटक सांसद पाएका किहुँबासीले अझै पनि सुरक्षित बास पाउन सकेनन्,’ उनले भने ।

    श्रेष्ठ यतिबेला विभिन्न वडामा घरदैलोमा व्यस्त छन् ।