भानु । भानु नगरपालिकाका उपमेयर उम्मेदवार श्रीराम पौडेलले प्रसिद्ध थानीमाइ मन्दिर पुगेर सङ्कल्प गरेका छन् । भानु नगरपालिका–७ स्थित थानीमाइ मन्दिर पुगेर पौडेलले सोमबार समृद्ध भानु बनाउने सङ्कल्प गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् । सुखी भानुवासी : समृद्ध भानु एकमात्र लक्ष्य रहेकाे उनले बताए ।