श्रममन्त्री श्रेष्ठद्वारा मतदान, भने, स्थानीय तहका जनप्रतिनिधि जनताको सेवक बन्नुपर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रममन्त्री श्रेष्ठद्वारा मतदान, भने, स्थानीय तहका जनप्रतिनिधि जनताको सेवक बन्नुपर्छ

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०७९, शुक्रबार

    दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय सरकारका प्रतिनिधि जनताको सेवक बन्नुपर्नेमा जोड दिएका छन्। स्थानीय तह निर्वाचनका लागि आज तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालयबाट मतदान गरेपछि सञ्चारकर्मीसँग् कुरा गर्दै मन्त्री श्रेष्ठले जनप्रतिनिधिहरु प्रशासक नभई जनताको सेवकको रुपमा रहनुपर्ने बताए।

    सबैभन्दा तल्लो तहको सरकार भएकाले सिहंदरवार गाउँ गाउँमा भन्ने नारालाई यथार्थमा उतार्नका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने श्रममन्त्री श्रेष्ठले बताए। विगत पाँच वर्षको स्थानीय तहको कार्यकाल केही कमजोरी बाहेक सुखद रहेको मन्त्री श्रेष्ठको भनाई थियो ।

    आजको महत्वपूर्ण दिनमा उत्साहपूर्ण रुपमा मतदानमा सहभागी हुन मन्त्री श्रेष्ठले आम जनतालाई आग्रह गरे।