ऋषिङ । ऋषिङ गाउँपालिका–७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दुर्गाबहादुर थापा विजयी हुनुभएको छ । थापा चार सय ९५ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् ।
प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका यामबहादुर थापाले दुई सय ८९ मत प्राप्त गरे।
महिला सदस्यमा नेपाली काङ्ग्रेसका निलकुमारी थापाले पाँच सय ४२, दलित महिलामा काङ्ग्रेसकै इन्द्रमाया सार्कीले पाँच सय ५३, खुल्ला सदस्यमा चाउरे थापाले चार सय ९९ र देउबहादुर थापाले पाँच सय २५ मत प्राप्त गरेका छन् ।