काठमाडौ । आक्रमणमा परी घाइते भएका व्यास नगरपालिकाका प्रमुख उम्मेदवार दीपकराज जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
वैशाख ३१ गतेदेखि काठमाडौस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत जोशी शुक्रबार डिस्चार्ज भएका हुन् ।
अस्पतालबाट डिस्चार्ज भएपनि एक साताका लागि ‘होम रेस्ट’ मा रहने जोशीले फेसबुक मार्फत् जानकारी गराएका छन् ।
‘केहि दिन काठमाडौंमा आराम गरेपछि दमौली फर्कने छु। व्यासमा धरै काम गर्नुपर्ने छ।अस्पतालमा मलाई रेखदेख गर्ने सबै डाक्टर, नर्स, सहयोगी र व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु। म अस्पतालमा रहँदा भेट्न आउनु हुने र सुस्वास्थ्यको कामना गर्ने सबै लाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।’