ऋषिङमा स्वतन्त्र समूह गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा स्वतन्त्र समूह गठन

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०७९, शनिबार

    ऋषिङ । स्थानीय तह निर्वाचनमा तनहुँको ऋषिङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएकाहरुले ऋषिङमा स्वतन्त्र समूह गठन गरेका छन् । शनिबार भएको भेलाले स्वतन्त्र समूह गठन गरेको हो ।

    भेलाले विभिन्न पाँच समिति गठन गरेको छ । केन्द्रीय र प्रदेश सम्पर्क समितिको संयोजकमा संविधानसभा सदस्य झुलबहादुर आले र सदस्यहरुमा श्रीराम आले, दुर्गाबहादुर राना, भरतकृष्ण श्रेष्ठ र दुर्गाबहादुर थापा चयन भएका छन् । श्रीराम आले गाउँपालिकाको अध्यक्षमा, दुर्गाबहादुर र भरतकृष्ण वडाध्यक्षमा चुनाव लडेका थिए । आले झिनो मतले पराजित भएपनि दुर्गाबहादुर र भरतकृष्ण भने वडाध्यक्षमा निर्वाचित भएका छन् ।

    उक्त समूहको कानूनी सल्लाहकारमा परशुराम गिरी, सञ्चार समिति संयोजकमा दानबहादुर आले, युवा परिचालन समिति संयोजकमा सुजन थापा चयन भएका छन् ।

    श्रीराम आलेको संयोजकत्वमा संरक्षण समिति गठन गरिएको छ । उक्त समितिको सचिवमा तिलबहादुर थापा र सदस्यहरुमा दानबहादुर आले, कृष्ण थापा, भरतकुमार श्रेष्ठ, नविन गिरी, हिमबहादुर थापा, नरबहादुर थापा, दुर्गाबहादुर आले, होमकुमारी कुमाल, सोनम थापा, पदम थापा, सिद्धबहादुर आले, दुर्गाबहादुर थापा, विष्णु झेडी, बोमबहादुर थापा र राम थापा रहेका छन् ।

    त्यस्तै वडा संयोजकमा वडा नम्बर १ मा मित्र माकिम, २ मा नरबहादुर थापा, ३ मा हिमबहादुर थापा, ४ मा बोमबहादुर थापा, ५ मा राम थापा, ६ मा किसान थापा, ७ मा मदन आले र ८ मा निलबहादुर थापा चयन भएका छन् ।