पोखरामा बसको ठक्करबाट घिरिङका लामिछानेको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा बसको ठक्करबाट घिरिङका लामिछानेको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७९, सोमबार

    पाेखरा । पोखरामा बसको ठक्करबाट तनहुँका एक जनाको मृत्यु भएको छ । पोखराबाट तनहुँतर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको बसको ठक्करबाट घिरिङ गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–२७ अर्घौचोक बस्ने ६५ वर्षीय इमराज लामिछानेको मृत्यु भएको हो ।

    बसको ठक्करबाट घाइते लामिछानेलाई उपचारका लागि क्षेत्रीय अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।