सेती नदी घाटबाट चार टिप्पर र एक्साभेटर नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    सेती नदी घाटबाट चार टिप्पर र एक्साभेटर नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७९, सोमबार

    भिमाद । तनहुँको भिमाद नगरपालिका–५ झकासघाटस्थित सेती नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गर्दा प्रहरीले चार टिप्पर र एक एक्साभेटर नियन्त्रणमा लिएको छ । आज दिउँसो अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको हो ।

    लु १ क ३८३७, लु १ क ३८३८, लु १ क ३८३९, लु १ क ४०६६ नम्बरको टिप्पर र अल्फाबेट नखुलेको ५९८ नम्बरको एक्साभेटर नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि भिमाद नगरपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    फाइल तस्वीर