तनहुँमा एक सय शय्याको नर्सिङ कलेज सहितको अस्पताल निर्माण गर्ने श्रममन्त्रीको योजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँमा एक सय शय्याको नर्सिङ कलेज सहितको अस्पताल निर्माण गर्ने श्रममन्त्रीको योजना

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७९, शुक्रबार

    काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा एक सय शय्याको नर्सिङ कलेज सहितको अस्पताल निर्माण गर्ने योजना रहेको बताएका छन् ।

    नेपालका लागि बेलायती राजदुत निकोला पोलिटसँग शुक्रबार भएको भेटवार्ताका क्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

    मन्त्री श्रेष्ठले त्यसका लागि बेलायत सरकारबाट सहयोगको अपेक्षा गरेका छन् ।