तनहुँ : मुस्ताङको बारगुङ मुक्तिक्षेत्रले आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि २८ करोड ९४ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार भएको १४ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष ढिकी गुरुङले बजेट सार्वजनिक गरेका हुन् ।
गाउँपालिकाले चालुतर्फ १५ करोड ३३ लाख ५२ हजार रुपैयाँ र पुजीँगततर्फ १३ करोड ६१ लाख ३८ हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितबहादुर रानाले जानरकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी पुर्वाधार विकासमा बजेट विनियोजन गरिएको छ । पुर्वाधार विकासमा १० करोड ३२ लाख ४९ हजार रुपैयाँ विनियोजन भएको छ । समाजिक विकास क्षेत्रमा आठ करोड ९७ लाख ८६ हजार रुपैयाँ, संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रमा छ करोड ४४ लाख ९१ हजार रुपैयाँ, आर्थिक विकास क्षेत्रमा दुई करोड ११ लाख ६४ हजार रुपैयाँ र वातावरण तथा विपद् व्यवस्थापनमा एक करोड आठ लाख रुपैयाँ विनियोजन भएको छ । गाउँसभाले बजेट सर्वसम्मत पारित गरेको छ ।