ऑबुखैरेनी । तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ का वडा सदस्य मनोज कुमार श्रेष्ठले आफै ट्याङ्करमा चढेर धुलाम्य सडक पखालेका छन्। मिलनचोकदेखि बसपार्कसम्मको सडक धुलाम्य भएपछि सडक पखाल्न श्रेष्ठ आफै खटिएका हुन् ।
सडक धुलो हुँदा सर्वसाधारणलाई सास्ती भएपछि श्रेष्ठकै पहलमा बिहीबारदेखि सडकमा पानी हाल्ने काम भइरहेको छ । हनेष्ट कम्पनीको ट्याङ्करबाट सडक पखाल्ने काम गरिएको छ। ‘केही दिन निरन्तर पानी पर्यो, अहिले घाम लागेपछि सडक धुलाम्य भयो । धूलोले सर्वसाधारणलाई निकै सास्ती भएपछि सडक पखाल्ने काम गरेका हौ,’ उनले भने ।