कालीभञ्जन गण (इ) काे खेलमैदानमा प्यारापिट निर्माण (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कालीभञ्जन गण (इ) काे खेलमैदानमा प्यारापिट निर्माण (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    ३० असार २०७९, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को खेलमैदानमा प्यारापिट निर्माण गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा खेलमैदानमा प्यारापिट निर्माण गरिएको हो ।

    विसं २०७८ मङ्सिरमा तत्कालिन गणपति प्रमुख सेनानी मनोज गुरुङको कार्यकालमा निर्माण शुभारम्भ भएको प्यारापिटको काम हालका गणपति प्रमुख सेनानी रामज्योति बोहराको कार्यकालमा निर्माण सम्पन्न भएको छ ।

    उक्त प्यारापिटको मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा उपरथी श्रेष्ठले सैनिक तथा नागरिकको सम्बन्ध सुदृढ बनाउन नेपाली सेनाले विविध कार्यक्रम गर्दै आएको बताए। नेपाली सेनाले स्थानीय सरकार, सङ्घसंस्थासँग सहकार्य गरी विभिन्न सामूहिक हितका कार्य गर्दै आएको र यसलाई भविष्यमा पनि निरन्तरता दिइने बताए।

    गणका गणपति प्रमुख सेनानी बोहराले नागरिक सैन्य सम्बन्ध अभिवृद्धिका लागि सबैसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    व्यास नगरपालिका–५ का निवर्तमान वडाध्यक्ष मोहनकुमार श्रेष्ठको विशेष पहलमा प्यारापिट निर्माणका लागि बजेट सहयोग भएको थियो ।

    नगरपालिकाको आर्थिक सहयोग र कालीभञ्जन गण (इ) का सकलदर्जाहरुको श्रमदानबाट निर्मित प्यारापिटको क्षमता तीन सय ४० जनाको रहेको गणले जनाएको छ ।

    नगरिक सैनिक सम्बन्ध मजबुद बनाउन नेपाली सेनाले सैनिक हाता बाहिर गई विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । ‘नेपाली सेनाको जनतासँगै नेपाली सेना’ भन्ने उक्तिलाई व्यावहारिक बनाउन गणले नागरिक सैनिक सम्बन्धलाई प्रभावकारी बनाउन प्रयास गर्दै आइरहेको छ ।

    मध्य कमाण्ड हेडक्वाटर अन्तर्गत तनहुँमा तैनाथ कालीभञ्जन गण (इ) ले कम्ब्याट इन्जिनियर सपोर्ट तथा जिल्लालाई जिम्मेवारी इलाका बनाई विसं २०७६ साल देखि कार्य सम्पादन गर्दै आएको छ ।

    जिल्लामा तैनाथीका सुरुवाती दिनहरुबाटै गणले आफ्नो पेशागत भूमिकाका साथै विपद् व्यवस्थापन, जनहितका कार्यहरुमा सक्रिय रुपमा क्रियाशिल भई आएको छ । विसं २०७८ साल फाल्गुन महिनामा दमौलीमा भएको आगलागीको विपद्, २०७९ जेठ २७ गते पृथ्वी राजमार्गको मुग्लिन सडक खण्ड भासिएर भएको राजमार्ग अवरोधको विपद्का अलवा कोभिड–१९ को महामारीमा स्थानीय सरकार, स्थानीय जनताको सहजता र सुरक्षाका लागि सुख दुःखको साथी भई हातेमालो गर्दै आएको छ ।