डाक्टरको हेलचेक्र्याइँले बस्नेतको मृत्यु भएको भन्दै अस्पताल विरुद्ध काउन्सिलमा उजुरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    डाक्टरको हेलचेक्र्याइँले बस्नेतको मृत्यु भएको भन्दै अस्पताल विरुद्ध काउन्सिलमा उजुरी

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७९, बुधबार

    पाेखरा । अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै ललितपुरको मेडिसिटी हस्पिटल विरुद्ध नेपाल काउन्सिलमा उजुरी परेको छ । चिकित्सकको लापरवाहीले पोखराका ७५ वर्षीय योगेश बस्नेतको मृत्यु भएको भन्दै छानबिन सहित मृतकका छोरा समिर बस्नेतले काउन्सिलमा निवेदन दिएका हुन् ।

    “मेरो बुवा योगेन्द्रबहादुर बस्नेतलाई मैले नियमित स्वास्थ जाँचको लागि मिति गत जेठ १७ गते नख्नुस्थित नेपाल मेडिसिटी हस्पिटलमा लगेको थिएँ । स्वास्थ्य जाँचको लागि उक्त हस्पिटलका जानेबित्तिकै डा. सुनील शर्मासँग परामर्श गरेका थियौं,’ बस्नेतले बुधबार पाेखरामा आयाेजित पत्रकार सम्मेलनमा भने, ‘जेठ २२ गते पित्त थैलीको अपरेशन गरिएको थियाे ।’

    अपरेशन गरिसकेपछि रगत बग्न नरोकिएको र मल्टि अर्गन फेल भएको कारणले विरामीलाई पुनः भेन्टिलेटरमा राख्नुपर्ने र बाँच्ने सम्भावना न्यून रहेको भनियो । चिकित्सकको हेलचेक्र्याइँले जेठ २५ गते विरामीको निधन भएको हुँदा छानविन गर्न निवेदन दिएको बस्नेतले बताए ।

    मितिः २०७९-०४-०४
    प्रेस वक्तव्य
    पत्रकार साथीहरु !
    नेपाली स्वास्थ्य संस्थाहरुप्रति गरिएको विश्वास र हाम्रो विश्वासमाथि कुठाराघात गर्दै स्वास्थ्य संस्थाकै गम्भीर लापरबाहीका कारण एक जना सामान्य विरामीको कसरी ज्यान जान्छ भन्ने दुखद् र पीडादयी घटना यहाँ उजागर गर्न गइरहेको छु । जुन मेरो परिवारमाथि नै घटेको घटना हो ।

    मेरो बुवा योगेन्द्रबहादुर बस्नेतलाई मैले नियमित स्वास्थ जाँचको लागि मिति २०७९-२-१७ गते नख्नुस्थित नेपाल मेडिसिटी हस्पिटलमा लगेको थिएँ । स्वास्थ्य जाँचको लागि उक्त हस्पिटलका जानेबित्तिकै डा. सुनील शर्मासँग परामर्श गरेका थियौं । शर्माले पित्त थैलीको अपरेशन गर्नुपर्छ भन्नुभयो । उहाँले भनेअनुसार नै भर्ना भई मिति २०७९-२-२२ गते मेरो बुवाको ल्याप्रोस्कोपी विधिद्वारा अपरेसन भएको थियो ।

    मेरो बुवा उच्च रक्तचापको विरामी भएको हुँदा उहाँले प्रयोग गर्दै आउनुभएको warfrine नामक औषधी अपरेशन हुनुभन्दा ७२ घण्टा अगावै बन्द गरिएको थियो । अपरेशन गर्ने बेलामा high risk छ भनिएको र elective case मा high risk किन लिइएको सो कुरा बुझ्न सकेनौं । अपरेशन पश्चात अपरेशन नर्मल भएको र करिब २४ घण्टापछि वार्डमा सिफ्ट गरिएको थियो । उक्त समयमा विरामीलाई हस्पिटलले उपलब्ध गराउने सामान्य diet खुवाई १-२ दिनमा डिस्चार्ज गर्ने कुरा भएको थियो । २०७९-०२-२४ गते बेलुका करिब ६ बजेतिरबाट विरामीले अपरेशन गरेको ठाउँमा दुखेको भनेको हुँदा नर्सिङ स्टेसनमा खबर गरिएको थियो । सो पश्चात प्रेसर, पल्स नाप्दा सामान्य रहेको भनियो । तत् पश्चात विरामी ट्वाइलेट जाँदा अचानक ढल्नुभई मुख बाँगिएको थियो ।

    २ जनाको सहयोगमा वहाँलाई नजिकैको बेडमा सुताई नर्सिङ स्टेसनमा जानकारी गराईएको थियो । त्यसपछि नर्स, मेडिकल अफिसर र कार्डियोलोजिस्ट आई भअजय गरी सामान्य रहेको भनियो । उक्त समयमा विरामी रक्तचाप उच्च रहेको थियो । बेलुका ८ बजे तिर बेड सिफ्ट गर्नुभन्दा अगाडि पुनः ढल्नुभएको(stroke) थियो । त्यसपछि विरामीको hemoglobin/sodium कम भएको भनी नुन पानी खुवाउन र विरामी कमजोर भएकोले हस्पिटले उपलब्ध गराउने खाना खुवाउन भने बमोजिम जबरजस्ती खुवाईएको थियो । तत् पश्चात विरामीलाई pain killer र gastritis को औषधी दिइएको थियो । उक्त औषधी दिँदा समेत विरामीले दुखीरहेको छ भन्नुभएको थियो ।

    मेडिकल अफिसरले ठिक हुन्छ भन्नुभएको थियो । करिब ९ बजेतिर विरामी stroke का कारण बेडमै पुनः ढल्नुभएको थियो । तत् पश्चात मेडिकल अफिसर आई moniter लगाउने काम गरिएको थियो र रगत चढाइएको थियो । राती करिब ३ बजे तिर विरामी अचेत हुन गई मेडिकल अफिसरलाई बोलाइएकोमा निज मेडिकल अफिसरले anesthesiologist लाई बोलाई cpr दिई icu मा लगिएको थियो । त्यसपछि मात्र भिडियो एक्स गरी internal bleeding भएको जानकारी दिइ अपरेशन गर्नुपर्ने जानकारी दिइयो । अपरेशन गरी bleeding नरोकिएको र multi organ फेल भएको कारणले विरामीलाई पुनः भेन्टिलेटरमा राख्नुपर्ने र बाँच्ने सम्भावना न्यून रहेको भनियो । भेन्टिलिटेरमा राखिएको अवस्थामा नै २०७९-२-२५ गते दिउँसो करिब २ बजे विरामीको निधन भयो । त्यसपछि मिति २०७९-३-६ गते सो सम्बन्धमा छानविन गरी पाउँ भनी निवेदन दिएकोमा डा. जयन्द्र बज्राचार्य नेतृत्वमा छानविन समिति गठन गरिएको थियो ।

    त्यसको करिब एक हप्तापछि हस्पिटल गएर बुझ्दा उपचारमा संलग्न मुख्य डाक्टर सुनिल शर्माको सेकेन्ड कल डाक्टर राजिव मिश्रले विरामीको अवस्था ठिक रहेको भनी २०७९-२-२४ गते राती करिब १० बजे जानकारी गराइएको थियो । शर्माले बिरामीको अवस्था जानकारी पाएको र अर्का डाक्टर राजीव मिश्रलाई विरामी हेर्न जान भनिएकोमा अस्पताल उपस्थित नभइकन विरामीको अवस्था सामान्य रहेको भनि गलत रिपोर्ट गरेको भनेर डा. सुनील शर्माले नै बताएका छन् ।

    high risk मा रहेका विरामीलाई sodium/ hemoglobin कम भएको जानकारी हुँदा हुँदै र ३ पटक stroke हुँदा समेत internal bleeding को शंका नगरी surgery मा संलग्न कुनै पनि वरिष्ठ डाक्टर उपस्थित नभई मेडिकल अफिसरको भरमा विरामी अचेत भएपछि मात्र खोजतलास गरी कारण पत्ता लगाइएको थियो । २०७९-२-२४ गते बेलुका करिब ६ बजेबाट उपचारको लागि कुन कुन डाक्टर उपस्थित हुनुपर्ने थियो र को को उपस्थित भएर के कुन उपचारका विधि अवलम्बन गरियो भन्ने बारेमा सत्य तथ्य छानविन गरी कारबाही गर्न माग गरि असार ६ गते निवेदन दिएका थियौं ।

    तत् पश्चात डा. जयन्द्र बज्राचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरी ३ जना डाक्टरलाई निलम्बन गरी छानबिन छालिएको पत्र हामीलाई दिइयो । पत्र दिने समयमा डा. सुनील शर्माले डा. राजीव मिश्रलाई ड्युटीमा भएर विरामी जाँच गर्नभन्दा नगइकन विरामी सामान्य अवस्थामा रहेको भनि जानकारी गराएको बताएका थिए । सो समयमा डा. राजीव मिश्रलाई बोलाएर सोध्दा हात काटेर स्कुटर चलाउन नसकेका कारण अस्पताल नआएको भनि गैरजिम्मेवारपूर्ण जवाफ दिए । यदी उनी आउन नसक्ने भए किन अस्पताल प्रशासनलाई जानकारी गराएनन् र विरामीको अवस्थाबारे प्रशासनले किन ध्यान दिएन भन्ने गम्भीर लापरबाही उजागर भएको छ । अस्पतालको लापरबाहीले बुबाको मृत्यु भएको ४२ दिन बितिसक्दा पनि न अस्पतालले मृत्यु हुनुको कारण दिन सकेको छ, न गतिलोसँग छानबिन भएको छ । यस्तो अवस्थामा अस्पतालले गरेको गम्भीर लापरबाहीले बुबाको ज्यान गुमाएपछि पनि न्यायको आभास नभएपछि मिडियासमक्ष आएका हौं । घटनाको सत्यतथ्य छानबिन गरेर यथार्थ सार्वजनिक गरियोस् र कारकाही होस् भन्ने माग राख्दछौं ।

    यस्तो अवस्थामा केही प्रश्नहरुको जवाफ र न्यायका निम्ति हामीले याचना गरिरहेका छौं ।
    १.elective case मा high risk लिन किन अप्रेसन गर्न लगाइएको ?
    २.high risk लिइएको विरामीलाई क्याबिनमा सारिएपश्चात ३ पटक strok हुँदासमेत किन सर्जरीको डाक्टर नआएको ?
    ३. अप्रेसन गरिएको विरामीमा सोडियम र हेमोग्लोबिन कम भएको जानकारी हुँदा हुँदै इन्टरनल ब्लिडिङको शंका किन नगरिएको ?
    ४. विरामीले अप्रेसन गरिएको ठाउँमा दुख्यो भन्दाभन्दै strok भएपछि पनि जबर्जस्ती किन खाना खुवाइएको ?
    ५. सर्जरीका प्रमुख डाक्टर सुनील शर्मा (९८५१०४७११४) ले अस्पतालका अनकल ड्युडीमा रहेका डाक्टर राजीव मिश्र जान भनिएकोमा आफू नभएको भन्दै गर्वका साथ भन्दा पनि अस्पताल किन मौन बस्यो ?
    ६. मृत्युको कारण डिआसी भनिएकोमा कारण भने किन खुलाइएन ?
    ७. प्रेसर तलमाथि भएको भनिएकोमा जेठ २४ गते बेलुका करिब ५ बजेदेखि बिहान ३ बजेसम्म उपचारका लागि केके गरियो ?
    ८. असार ६ गते निवेदन दिएपश्चात अस्पतालले ३ जना डाक्टरलाई निलम्बन छानबिन गरी अनुसन्धान अगाडि बढाउने भनिएकोमा पटक पटक ताकेता गर्दासमेत अहिलेसम्म कुनै जानकारी नगराउनुले पनि अस्पतालले घटनालाई दबाउन खोजिएको देखियो ।

    ९. बारम्बार घटनाबारे जानकारी लिन खोज्दा छानबिनमा संलग्न डा. जयन्द्र वज्राचार्य (९८०१२३५६२१) र डा. नीलमणि उपाध्याय (९८०१२३५७५९) सम्पर्कमा आउन नखोज्ने र छानबिन भइरहेको भनेर उत्तर दिने गरेको हुँदा असार २८ गते मेडिकल काउन्सिलमा उजुरी दर्ता गराइएको हो ।
    १०. मेडिकल काउन्सिलका डा. कृष्ण अधिकारी (९८५१०३७१९५) मेडिसिटी अस्पताललाई उजुरीबारे जानकारी गराइएको र छानबिन गर्न लामो समय लाग्ने भनि जानकारी दिइएकोमा कहिलेसम्म छानबिन सकिने हो र हामीले यथार्थ घटनाबारे जानकारी पाउन सक्ने हो ?

    धन्यवाद
    छोरा समिरबहादुर बस्नेत
    ९८५६०३६१११