रियल म्याड्रिडमाथि बार्सिलोनाको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रियल म्याड्रिडमाथि बार्सिलोनाको जित

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७९, आईतवार

    एजेन्सी । सिजनको फुटबल सुरू हुनुअघि स्पेनका चिरपरिचित प्रतिद्वन्द्वीद्वय बार्सिलोना र रियल म्याड्रिड मैत्रीपूर्ण खेलमा भिडेका छन्।

    अमेरिकामा प्रि-सिजन टुरमा रहेका बार्सिलोना र रियलबीच भएको अनौपचारिक एलक्लासिको भिडन्तमा बार्सिलोना विजयी भएका छ।

    अमेरिकाको लासभेगासमा आइतबार भएको खेलमा बार्सिलोना १-० गोलले विजयी भयो।

    बार्सिलोनाका लागि राफिन्हाले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको २७ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

    खेलमा बार्सिलोनाले यसै सिजन क्लबमा आबद्ध भएका रोबर्ट लेवान्डोस्कीलाई मैदान उतारेको थियो।

    यद्यपी रियलले भने आफ्ना मूख्य फरवार्ड करिम बेन्जिमालाई आराम दिएको थियो।