कांग्रेस नेता पौडेल र गृहमन्त्री खाणबीच भेटवार्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस नेता पौडेल र गृहमन्त्री खाणबीच भेटवार्ता

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७९, सोमबार

    काठमाडाै । गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्। नेता पौडेलनिवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिएका छन्।

    ‘मुलुकको समसामयिक राजनीतिक र पार्टीको संगठन सुदृढीकरण र क्रियाशील बनाउनेबारे कुराकानी भयो,’ खाणले भने। कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीयस्तरका विभाग र समिति बनाउने तथा भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ।