काठमाडाै । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनको मिति घोषणाले विधि र पद्धतिमा विश्वास राख्ने लोकतन्त्र पक्षधरलाई थप बलियो बनाएको बताएका छन् । सरकारले मंसिर ४ गते एकैचरणमा निर्वाचन गर्ने घोषणा गरेपछि पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
निर्वाचनः देशको नेतृत्व गर्ने कुशल र सक्षम नेतृत्व छनोट गर्न पाउने सुन्दर अवसर भएको भन्दै उनले भने, सरकारका कामको समुचित मुल्याङ्कन गर्दै आगामी कार्यकालको लागि नेत्तृत्व छनोट गर्ने लोकतन्त्र र विधिको शासनको अनिवार्य शर्त हो ।
जनताले आफ्नो मत अधिकार प्रयोग गर्न पाउने, जनताले अनुमोदित गरेको जनप्रतिनिधिले तिनै जनताका हक हितका लागि काम गर्ने, पारस्परिक सम्वन्धको सुव्यवस्थित प्रणाली निर्वाचन भएकाले यही मूल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली कांग्रेस नेतृत्वको सरकारले शान्तिपूर्ण वातावरणमा निर्वाचनको कार्यभार पूरा गर्ने विश्वास लिएको उल्लेख गरे ।