ऑबुखैरेनीमा व्यवसाय दर्तामा छुट, टोल-टोलमा पुगेर कर संकलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा व्यवसाय दर्तामा छुट, टोल-टोलमा पुगेर कर संकलन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    ऑबुखैरेनी । ऑबुखैरेनी गाउँपालिकाले टोलमै पुगेर कर संकलन गर्ने भएको छ। गाउँपालिकाले टोलमै पुगेर सम्पत्ति कर तथा मालपोत कर संकलन गर्न लागेको हो ।

    गाउँपालिकाले उद्योग वाणिज्य संघसँगको सहकार्यमा व्यवसाय सूचीकरण, नवीकरण तथा सम्पत्ति/भूमिकर संकलन अभियान सुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । सर्वसाधारणको सहजताका लागि टोलमै पुगेर सेवा दिन लागिएको उनले बताए ।

    दर्ता अभियानमा सहभागी हुनेहरुका लागि नयॉ व्यवसाय दर्ता तथा नवीकरण गर्दा २० प्रतिशत छुट र हालसम्मको जरीवाना नलाग्ने गाउँपालिकाले जनाएको छ ।