प्रिय बालेनलाई खुलापत्र !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    प्रिय बालेनलाई खुलापत्र !

    शङ्कर पाैडेल

    ४ आश्विन २०७९, बुधबार

    आज नेपालभरि तिम्रो व्यापक चर्चा चलिरहेको छ र अझ धेरै तिर सुधार गर्नेछौ भन्ने आशा पनि छ। त्यति मात्रै होइन कैयौं वृद्ध बा आमाहरु जो अहिलेसम्म आफूले सत्तामा हुँदा केही गरेनन् जुनकुरा उनीहरुले कहिल्यै गर्न सक्दैनन् त्यो काम तिमी सजिलै गरिरहेछौ तसर्थ उनीहरु नै तिम्रो मुक्त कण्ठले प्रशंसा पनि गरिरहेका छन।

    यसै सन्दर्भमा तिमीलाई मेरो विशेष अनुरोध : नेपालमा एकपटक संसदमा पुगेपछि र मन्त्री बनेपछि प्रायः कसैले पनि सांसद,मन्त्री, पार्टीको ठूलो पद छोड्न चाहेनन् । उनीहरुलाई पद,शक्ति, रवाफ, सरकारी सुविधाको चरम उपभोग गर्ने आदत बसिसक्यो। अब त्यो आदतलाई निरन्तरता भंग गर्न हाम्रो राजनीतिक संस्कारले दिएन। अब उसो भए के गर्ने त ? त्यसका लागि मसँग एउटा आइडिया आयो। एउटा ठूलाे सरकारी जग्गा खोजौं जहाँ संसद भवन, सिंहदरबार, मन्त्री क्वाटर आदिकाे झल्को मेट्ने गरि संरचना निर्माण गरौं र यी सबै ६५ भन्दा माथिका सम्पूर्ण बा, आमाहरुलाई पाँचतारे हाेटलकाे सुविधा सहित सरकारले सम्पूर्ण खर्च बेहोर्ने गरि त्यहाँ राख्ने बन्दोबस्त गरौं। जसबाट दुईवटा कुरा हुनेछ: १) ती वृद्ध अग्रजहरु जो राज्यलाई आफ्नो बपाैती ठान्छन् उनीहरुको सम्मान हुनेछ जहाँ उनीहरुले आफ्नो संसदीय अभ्यासको कला प्रस्तुत गर्न पाउँछन् जुन नाटक उच्चकोटीका कलाकारको भन्दा कम हुनेछैन। जसबाट राज्यमा कलाकारको कहिल्यै कमी हुने छैन। २) युवाको हातमा शासनसत्ता आइ देश थप कुरुप हुनबाट जोगिने छ, आर्थिक दलदलबाट माथि उठ्ने छ बेरोजगार उत्पादनको चक्रव्युहबाट छिट्टै उन्मुक्ति पाउने छ र यो सुन्दर देश विश्वकै एक उत्कृष्ट नमुना देशमा पुग्नेछ।