भिमाद । मंसिर ४ हुने निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले भिमादमा निर्वाचनमा सम्पर्क कार्यालय स्थापना गरेको छ । नेकपा एकीकृत समाजवादीले तनहुँ क्षेत्र नम्बर प्रदेश २ को कार्यालय सोमबार स्थापना गरेको हो ।
उक्त कार्यालयको नेकपा एसका पोलिटव्युरो सदस्य एवं प्रदेश सभा सदस्य उम्मेदवार प्रतापलाल श्रेष्ठले उदघाटन गरे ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्की, भिमादका अध्यक्ष काजीमान श्रेष्ठ लगायतले बोलेका थिए ।