भण्डारी र आले ऋषिङमा घरदैलो अभियानमा व्यस्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    भण्डारी र आले ऋषिङमा घरदैलो अभियानमा व्यस्त

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७९, मंगलवार

    दमाैली । गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारी ऋषिङको विभिन्न स्थानमा घरदैलो अभियानमा व्यस्त रहेका छन् ।

    उम्मेदवार भण्डारी सोमबार ऋषिङको झटारे, रेसौं, ल्हुम्प्यासा, ढुंगाडे, तारुका, गोठादी, जैसी हटिया, डुकुडाँडा र पुरानो ऋषिङमा घरदैलो अभियानमा सहभागी भएका थिए ।

    यसअघि आइतबार भण्डारी ग्वासलुङ, फाल भञ्ज्याङ, चैनपुर, थप्रेक, पालिङटार, शीरकोट मधुवन, रुपटार, पिपलटार र सपाङदीको कार्यक्रममा सहभागी भएका थिए ।

    घरदैलो अभियानमा सहभागी भण्डारीले क्षेत्र नं २ का जनतालाई विकासको अनुभूति दिलाउन आफू उम्मेदवार बनेको बताएका थिए । यसपटक क्षेत्र नं २ का मतदाताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउनेमा आफू विश्वस्त रहेको भण्डारीले बताएका थिए ।

    घरदैलो अभियानमा प्रदेश सभाका उम्मेदवार जीतप्रकाश आले सहित पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु समेत सहभागी भएका छन् ।