बारामा विकासको बहार ल्याउँछु : किसान श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बारामा विकासको बहार ल्याउँछु : किसान श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७९, बुधबार

    बारा पूर्वमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिवद्धता जनाएका छन् । बाराको परवानीपुरमा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले बृहत् समृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बारा जिल्लाको समग्र विकासका लागि आफुले नेतृत्व लिने बताए ।

    बाम लोकतान्त्रिक गठबन्धनबाट बारा-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठले बारामा राष्ट्रिय महत्वका परियोजनाहरु आफुले अघि बढाउने प्रतिवद्धता जनाए । करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिंचाइ सुविधा पुर्याउने, कृषिको आधुनिकिकरण गर्ने जस्ता योजना समेत रहेको उनको भनाई थियो ।

    सो अवसरमा नेकपा एमालेका नेता रामेश्वर पटेल नेतृत्वमा ३ सय जना नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए ।